सात वटा रेड पाण्डाको छाला सहित ३ अभियुक्त पक्राउ

  हिमाल समाचार
8.3k Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा ७ वटा रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरिएको छ ।

मकालु बरुण राष्ट्रिय निकुन्ज मध्वर्ती क्षेत्र बफर जोन भित्र दुर्लभ बन्यजन्तु रेड पाण्डा शिकार गर्ने महाकुलुङ गाउँपालिकाका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक मन्दिप चौहान नेतृत्वको टोलीले महाकुलुङ २ बस्ने ७६ बर्षिय जगतबहादुर राई, वडा नम्बर ३ बस्ने ५७ बर्षिय मितुरधन राई, र ३ नम्बर वडा नै बस्ने ५६ बर्षिया कविर शंखर राईलाई पक्राउ गरेको हो । अभियुक्तहरुको साथबाट ७ थान रेड पाण्डाको छाला र रेड पाण्डा मार्न प्रयोग गरिने ५ थान पासो बरामद गरेको हो ।

चैत्र ९ गते साँझको समयमा पक्राउ गरिएका निजहरुलाई कानुनी कारबाहीको लागि मकालु बरुण राष्ट्रिय निकुन्ज पठाईने प्रहरी नायव उपरिक्षक कवित कटुवालले जानकारी दिए ।

उक्त अपारधमा संगठित गिरोह संलग्न रहेको र निजहरुले चाईना र बर्मासम्म रेड पाण्डाको छाला तस्कर गरेर पुर्याउने गरेको तथ्य फेला परेको डिएसपि कटवालको भनाई छ ।

अभियुक्तहरुलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार पाँच लाख रुपैँयादेखि दश लाख रुपैँया सम्म जरिवाना वा ५ बर्षदेखि १५ बर्षसम्म कैद वा दुवै सजायको ब्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार