जसपाकाे केन्द्रीय कार्यकारिणी समिति बैठक जेठ ८ र ९ गते बस्ने

  हिमाल समाचार
21 Shares

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

समसामयिक राजनीतिकका विषयमा छलफल गर्न जसपाले ८ र ९ जेठमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो। बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने भएको छ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भएको छलफलपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने सहमति भएको हो। अध्यक्षद्वय ठाकुर र यादवले जारी गरेको प्रेस विज्ञप्तिमा देशको वर्तमान परिस्थितिका बिभिन्न विषयमा विचार–विमर्श गरि निष्कर्षमा पुग्नुपर्ने भएकाले बैठक बोलाइएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसद्मा लिएको विश्वासको मतको विषयमा जसपाभित्र विवाद उत्पन्न भएको थियो। अध्यक्ष ठाकुर पक्ष तटस्थ बसेको थियो भने यादव पक्षले विपक्षमा मतदान गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार