खुम्बुमा कोभिशिल्डको दोस्रो डोज खोप नपाएको गुनासो, २०डोज स्टक खोप लगाईएको जवाफ

  हिमाल समाचार
406 Shares

सोलुखुम्बु – खुम्बु पासाङल्हामु गाउँपालिकामा स्थानियलाई सुचना विनानै पहूँचको भरमा कोभिशिल्ड खोपको दोस्रो डोज लगाएको स्थानियले गुनासो गरेका छन् । पहिलो डोज कोभिशिल्ड खोप लगाएका नागरिकले पालिकाले शनिबारको दिन पारेर नजिकका आफ्न्तलाई कोभिशिल्डको दोस्रो डोज खोप लगाएको आरोप लगाएका हुन् ।

स्थानिय पासाङ शेर्पाले आफ््नो सासु जेष्ठ नागरिक तथा अपाङ्ग भएपनि खोप लगाउन नपाएको गुनासो गरे । खोपको दोस्रो डोज लगाउनका लागि सबैमा जानकारी गराउनुपर्ने भएपनि नगराएको अर्का स्थानिय ङिमा शेर्पाले बताए । शनिबारको दिन पारेर स्वयमसेविकाको नाममा जनप्रतिनिधिको नजिककालाई पक्षपाति हिसाबले खोप लगाएको गुनासो खुम्बुका नागरिकको छ ।

यता, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले पहिलाको स्टक रहेको खोप महिला स्वास्थ्य स्वयमसेविका लगायतलाई लगाईएको बताईन् । २० डोज खोपको म्याद सकिन लागेकाले फ्रन्टलाईनमा खटिनेलाई लगाईएको तामाङको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार