अंकुरित खाना खाएर मानिसलाई हुने लाभ !

  हिमाल समाचार
42 Shares

काठमाडाैँ-  अंकुरणले सुकेको बीउमा नयाँ जीवनको प्रवाह हुन्छ। त्यस्ता बीजहरु नरम र अंकुरण समेत भई मानव शरीरलाई चाहिने प्रकृतिक पोषण तत्वले भरपूर हुन्छन्।

सुकेका बीजहरुको अंकुरण गर्नाले यसमा पोषक तत्वले भरिपूर्ण भई मानव स्वास्थ्यको लागि उपयोगी हुन्छ।  बीजहरुलाई पानीमा राखेमा बीजले पानी शोषण गर्ने भई बीजहरु नरम हुने र अंकुरित हुने गर्दछन्। खान हुने भनी प्रयोगमा ल्याईएका गहुँ, मुङ्ग, चना, भटमास, रहर, मास, मस्याङ्ग, सिंवी, बोडी, मकै, आदि जस्ता अनाजहरु, मेथी, ब्रोकाउली, बन्दागोभी, गाँजर, मुला, सलगम, चुकन्दर, चियासिड, बदाम, छोगडा, काजु-किसमिस, ल्वाङ्ग-सुकुमेल, नरिवल, ओखर, बयर आदिलाई मानिएको छ। दैनिक खाध्यान्नको रुपमा प्रयोग गरीने अनेकन सुकेका बीउहरूलाई अंकुरित खाना बनाउन सकिन्छ।

साधारणतयाः काजु-किसमिस, नरिवल, छोगडा, पेस्ता, अलैची, सुकुमेल जस्ता खाध्यान्नहरु नउमारी निश्चित समय सम्म पानिमा राखेमा पानी शोषण गरी नरम भई स्वादमा समेत परिवर्तन हुन्छ। मृतप्राय भई सुकेका अन्य प्रकारका बीजहरुमा सुसुप्त अवस्थामा रहेका तत्वहरुमा अंकुरण गर्नाले यिनिहरुमा कतिपय प्राकृतिक गुणहरु आई मानव जीवनको लागि उपयोगी लवण, खनिज, भिटामिन जस्ता पौष्टिक तत्वहरु प्राप्त हुने गर्दछ।

अंकुरित अनाजका फाइदा यस्ता छन्: 
अंकुरित अनाजको सेवनले पेट सम्बन्धी अनेकन समस्या एवम् रोगहरु निर्मुल हुन्छन्।

यसले व्यक्तिको पाचनतन्त्र मजबुत पार्दछ।

शरीरको रगत सफा गर्ने क्षमता रहेको हुन्छ।

यो प्रोटिनको स्रोत हुने भएकाले शरीर मजबुत पार्दछ।

शरीरको तौलमा सन्तुलन कायम गर्दछ।

शरीरमा देखिने अनाबश्यक मोटापामा समेत नियन्त्रण गर्दछ।

विहानको नाश्तामा अंकुरित अनाजको मात्रा अत्यधिक भएमा स्वास्थकोलागि लाभप्रद हुन्छ।

यदि भटमास, कालो चना, मुँगको दाल, मोंठ, आदि अंकुरित गरेर खाएमा शरीरमा पोषक तत्वकोमात्रा दुई गुना बढ्दछ।

यस्मा रहेको फाइबरयुक्त रेसाले पेट सम्बन्धी अनेकन समस्याको निराकरण गर्दछ।

यसमा पाइने क्याल्सियमले हड्डीलाई मजबुत पार्दछ। यस्मा रहने आयरनले रगतमा हेमोग्लोबिन को मात्रा बढ़ाउनका अतिरिक्त अन्य पोषक तत्वले शरीरलाई स्वस्थ्य र तन्दुरुस्त एवम् सदाबहार बनाउँदछ।

यो प्राकृतिक पौष्टिक आहारा भएकाले यस्को कुनै साइड इफेक्ट्स हुँदैन। यसलाई सजिलैसँग पचाउँन सकिन्छ। भोक नलाग्ने समस्या भएमा व्यक्तिमा भोक जाग्दछ। नवजात शिशुमा मानसिक, शारीरिक दुर्बलता हटाउँन एवम् महिलाको गर्भस्थ सिशुका लागि समेत उपयोगी छ।

यसले छालामा चमक आउने तथा बढ्दो उमेरका कारण छालामा देखिने चाउरीपनलाई समेत निर्मुल पार्दछ।

-स्वास्थ्य खबरको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार