काराेबारकाे दाेस्राे दिनपनि उकालाे लाग्याे शेयरबजार

  हिमाल समाचार
42 Shares

काठमाडाैँ-  सोमबार पनि  नेप्से परिसूचक बढेको छ । १३.८० अंकले बढेर नेप्से परिसूचक २९९४.४२ बिन्दुमा पुगेको छ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । बिशाल बजार कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।

कारोबारमा आएकामध्ये पाँच समूहका परिसूचक कमजोर छन् । विशाल बजाल कम्पनीको सेयर मूल्यमा भएको उच्च वृद्धिले व्यापार समूहको परिसूचकलाई पाँच प्रतिशतभन्दा बढी दरमा उचालेको छ ।

एक लाख सात हजार सात सय ९७ पटकको कारोबारमा तीन करोड ७५ लाख ७१ हजार तीन सय ५४ कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोबार ११ अर्ब ८१ करोड रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार