नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउने

  हिमाल समाचार
77 Shares

काठमाडाैँ- नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) काे घोषणा बिहीबार गर्ने जनाएकाे छ ।

माधवकुमार नेपालले एक कार्यक्रमकाबीच घोषणा गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेकाे जनाएकाे छ ।

त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार