अमेरिका: मंकीपक्सकाे आशंकाले २ सय जना निगरानीमा

  हिमाल समाचार
133 Shares

काठमाडाैँ- अमेरिकाले मंकीपक्स संक्रमित हुन सक्ने आशंकामा २७ राज्यका २ सय जनालाई निगरानीमा राखेको छ ।

हालै नाइजेरियाबाट अमेरिका फर्किएका टेक्ससको डल्लासका एक व्यक्ति मंकीपक्स संक्रमित पाइएपछी ती ब्यक्तिको सम्पर्कमा आएका र सम्भावित सक्रमितलाई मध्यनजर गर्दै २ सय जनालाई निगरानीमा राखिएको हो ।

निगरानीमा राखिएका २ सय जना ती बिरामीसँग ६ फिटको दूरीभित्र रहेर विमानमा यात्रा गरेका यात्रुदेखि विमानमा उनले प्रयोग गरेको बाथरुम प्रयोग गर्नेहरु समेत छन् । यसबाहेक उनको नजिक गएका फ्लाइट अटेन्डेन्ट, पछि बाथरुम सफा गरेका कर्मचारी तथा बिरामीको सम्पर्कमा आएका परिवार र आफन्तको पनि निगरानी भइरहेको छ ।लागोसबाट टेक्सस फर्किने क्रममा नाइजेरियाली ती नागरिक यही जुलाइ ८ र ९ का दिन बीचमा जर्जीयाको एटलान्टा शहरमा बसेका थिए ।

यसको करिब एक हप्तापछि उनी संक्रमित भएको पुष्टि भएको थियो । मंकीपक्स संक्रमण हुँदा फ्लुजस्तै लक्षण देखिनुका साथै शरीरमा दानाहरु देखा पर्छन् । यो संक्रमण शरीरको तरल पदार्थ र श्वास प्रश्वास मार्फत एक मानिसबाट अर्को मानिसमा सजिलै सर्ने गरेको छ । संक्रमण पुष्टि भएपछि यी व्यक्तिलाई अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

मंकीपक्स संक्रमितमध्ये करिब १० प्रतिशतको मृत्यु हुने गरेको छ । चीनमा मंकीपक्स भाइरसका कारण गत मंगलबार मात्रै एकजनाको मृत्यु भएको थियो ।

-एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार