एमाले अध्यक्ष उम्मेदवार रावल के भन्छन ?

  हिमाल समाचार
7 Shares

काठमाडाैँ– नेकपा एमालेका नेता डा. भीम रावलले केन्द्रीय सदस्यमा नरहने स्पष्ट पारेका छन्। पार्टीको महाधिवेशनअन्तर्गतको मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले आफूले अध्यक्षबाहेकका पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेका हुन्।

आयोगका पदाधिकारीलाई अध्यक्षका लागि मात्र आफ्नो उम्मेदवारी रहेको जानकारी गराए पनि आफ्नो नाम सदस्यमा पनि रहेको भन्दै उनले विजयी भए अध्यक्षका रूपमा मात्र शपथ लिने बताए। आठौँ महाधिवेशनमा पनि यही विषयमा विवाद भएको स्मरण गर्दै रावलले भने, ‘मैले जुन पदमा उम्मेदवारी दिएको छैन त्यसमा कसरी शपथ लिन्छु ! अहिले पनि मैले त्यसमा उम्मेदवारी दिएको छैन। अध्यक्ष पदमा विजय भए शपथ लिन्छु, अन्य पदमा मैले उम्मेदवारी दिएको छैन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार