मंगलबारबाट जापान प्रवेशमा प्रतिबन्ध

  हिमाल समाचार
0 Shares

काठमाडाैँ- जापानले नयाँ भाइरस ओमिक्रोन संक्रमण देशमा प्रवेश गर्न नदिन भन्दै यहि मंगलबारबाट विश्वभरबाट बिदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध घोषणा गरेको छ । प्रधानमन्त्री फुमिओ किशिदाले नोभेम्वर ३० तारिख मध्यरातबाट बिदेशीको प्रवेशमा प्रतिबन्ध घोषणा गरेका हुन् ।

जापानले व्यापार यात्रुहरू, विदेशी विद्यार्थीहरू र विदेशी इन्टर्नहरू सहित विदेशी नागरिकहरूको नयाँ प्रवेशहरु खुलाएको तीन साता वित्न नपाउँदै सीमा पुन बन्द गर्ने निर्णय गरेको हो । सरकारी अधिकारीहरुले कोरोना भाइरसको नयाँ ओमिक्रोन संस्करणको डर बढ्दै गएको बताएका छन् ।नयाँ योजना अनुसार जापानी नागरिकहरूलाई पुन प्रवेशमा प्रतिबन्ध लागू हुनेछैन । प्रधानमन्त्री फुमियो किशिदाले दिउँसो औपचारिक रुपमा प्रवेश स्थगितको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री किशिदाले पत्रकारहरुसँग बोल्दै नोभेम्बर ३० मध्यरातबाट जापानले विश्वका सबै देश र क्षेत्रलाई लक्षित गरेर प्रवेश प्रतिबन्ध लगाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार