फुट्ने जोखिममा रहेका सोलुका लुम्दिङ च्छो र होङ्गु–२ हिमताल

  हिमाल समाचार
679 Shares

सोलुखुम्बु — सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोसी र गण्डकी जलाधार क्षेत्रका चार हिमतालको पानीको सतह घटाउने भएको छ ।

राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को हरित जलवायु कोष (जीसीएफ) बाट प्राप्त हुने ३ करोड ३० लाख अमेरिकी डलर र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को २५ लाख गरी ३ करोड ५५ लाख अमेरिकी डलरको आयोजनामार्फत काम गर्न लागेको हो ।

विस्फोटको उच्च जोखिममा रहेका सोलुखुम्बुका लुम्दिङ च्छो र होङ्गु–२, संखुवासभाको तल्लो बरुण र गण्डकीको ठुलागी (डोना) हिमतालको पानीको सतह घटाउने गरी आयोजना डिजाइन गरिएको छ । यसअघि दोलखास्थित च्छो रोल्पा र सोलुखुम्बुको इम्जाको पानीको सतह घटाइएको छ भने तिब्बततिर पनि दुईवटा हिमतालको पानीको सतह घटाइएको छ ।

च्छो रोल्पाको सन् २००० मा र खुम्बु क्षेत्रमा पर्ने इम्जाको सन् २०१६ मा पानीको सतह घटाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार