भलिबलमा उपविजेता बनेको टिमलाई सम्मान

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बु – नेकपा माओवादी केन्द्र नेचासल्यानले देउसामा सम्पन्न भलिबल प्रतियोगीतामा उपविजेता बनेको खेलाडीलाई सम्मान गरेको छ ।

योङ्ग कम्युनिस्ट लिग नेपाल र अखिल क्रान्तिकारी थुलुङ दुधकोशी ७ देउसाको आयोजनामा पौष १ देखि ४ सम्म जारी भलिबल प्रतियोगितामा योङ्ग कम्युनिस्ट लिग नेपाल नेचासल्यान उपविजेता बनेको थियो ।

मंगलबार नेचासल्यान ३ मा भएको कार्यक्रममा माओवादी नेचासल्यानले ती खेलाडीलाई प्रशंसा पत्र सहित सम्मान गरेको हो । टिमले गाउँ पार्टी कमिटीलाई ट्रफी हस्तान्तरण गरेको छ ।

सम्मान कार्यक्रममा माओवादी केन्द्र नेचासल्यानका अध्यक्ष सिताराम भट्टराई, प्रदेश प्रतिनिधि भुपेन्द्र कटेल, गाउँ पार्टी उपाध्यक्ष सुवास राई, सचिव वियस राई, कोषाध्यक्ष तिलक राई, नेचासल्यान संयोजक सुजन राई, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कुमार कटेल लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार