प्रदेश २ को नाम र राजधानीमा सहमति जुटेन

  हिमाल समाचार
0 Shares

जनकपुरधाम- प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउने प्रयास असफल भएको छ ।

प्रदेशसभाबाट सभामुख सरोज यादवको अध्यक्षतामा गठित विशेष समितिले समेत प्रदेशको नाम र राजधानीको टुंगो लगाउन सकेन । आज बसेको समितिको बैठकमा सहमति नजुटेपछि अब मतदानको संभावना बढेको छ ।

प्रमुख सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश नाम राख्नुपर्ने अडानमा छन् । तर, सत्तारुढभित्रकै नेपाली कांग्रेसले मिथिला-भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा एस भने जानकी प्रदेशको पक्षमा छन् ।

विशेष समितिका अध्यक्ष एवं सभामुख यादवले माघ २ गते प्रदेशसभा बैठक बोलाउने सहमति भएको भन्दै त्यसअघि सहमति नभए नाम र राजधानी दुवै विषयमा माघ ३ मा मतदान हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार