ऋषि धमला र गेल्जे शेर्पाले गरे ‘केटिएम स्पोर्टस जोन टु‘को उद्घाटन

  हिमाल समाचार
4.4k Shares

काठमाण्डौ – जीआईजी कम्पनीले संचालनमा ल्याएको ‘केटिएम स्पोर्टस जोन टु’को वरिष्ठ पत्रकार ऋषि धमला र नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

चाबहिल (चुच्चेपाटी)मा संचालन ल्याइएको स्पोर्टस जोन टुको पत्रकार धमला र अध्यक्ष शेर्पालेले रिवन काटेर उद्घाटन गरेका हुन् ।

विशाल बजार व्यवसायिक संघका अध्यक्ष लीला त्रिपाठीले बिशाल बजारमा सन्चालन गर्दै आएको स्पोर्टस जोन ब्राण्ड जीआईजी कम्पनीमार्फत नुरू शेर्पाले संचालन गर्नेछन् । स्वदेशमै युवालाई स्वरोजगार बनाउने द्येयले स्थापना गरिएको जीआईजी कम्पनीले पहिलो चरणमा ‘केटिएम स्पोर्टस जोन टु’ सन्चालनमा ल्याएको हो ।

छिट्टै पर्यटन र कृषिलाई मध्यनजर गर्दै जीआईजी कम्पनीले होटेल तथा रिसोर्ट सन्चालनमा ल्याउने तयारीमा रहेको छ । कम्पनीको नेतृत्वमा चेङा शेर्पाले गरेका छन् भने विभागीय प्रमुखको जिम्मेवारी एड्भेन्चर भिक्टोरी टिमका संचालक तथा विश्व रेकर्ड होल्डर लक्ष्मण मिसन कार्कीले सम्हालेका छन् । कम्पनीको प्रवक्ता नुरु शेर्पा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार