नेचासल्यानका तीनकन्या र सुके पोखरीको पुनःभरणको काम शुरु

  हिमाल समाचार
966 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा रहेको सुके पोखरी र नेचासल्यान ५ मा रहेको तीनकन्या पोखरीको पुनःभरणको काम शुरु गरिएको छ ।

एइआइएन लग्जेम्बर्गको आर्थिक सहयोग, ग्रामीण विकास संस्थाको प्राविधिक सहयोग तथा स्थानीय सरकारको समन्वयमा संचालित सोलुवाट्री परियोजना अन्तरगत दुवै पोखरीको पुनःभरणको शिलान्यास नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले गरेका हुन् ।

तीनकन्या पोखरी १६ लाख र सुकेपोखरी १३ लाखको लागतमा पुनःभरण गरिनेछ । परियोजनाले यसअघि नेचासल्यान ४ मा रहेको फर्केपोखरीको पुनःभरणको काम गरिसकेको छ । गौचरन र खेलमैदानमा रहेका पोखरीको मौलिकता जोगाएर सामान्य मर्मत र पानी भरण गरेर फुर्के पोखरीलाई पुरानै अवस्थामा फर्काउने काम गरिएको छ । सोही प्रविधिको प्रयोग गरि तीनकन्या र सुकेपोखरी मर्मत र पानी भरणको तयारी गरिएको छ ।

जलवायू परिर्वतन अनुकुलन तथा न्यूनिकरण सम्बन्धी परियोजना सोलुवाट्री, स्थानीय सरकार र स्थानीयको श्रमदानबाट पोखरीलाई पुनःजीवन दिने काम भइरहेको छ । अर्को बर्ष नेचासल्यान १ मा अवस्थित भेडीखोर पोखरी र नेचासल्यान ५ मा अवस्थित खुने पोखरीको मर्मत र पानी भरणको काम गर्ने योजना रहेको सोलुवाट्रि परियोजना प्रबन्धक भिमराज राईले जानकारी दिए । ती पोखरी पनि पानी विहिन बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार