तिङलाका २५ परिवारलाई सोलु प्रशासनको राहत

  हिमाल समाचार
1.2k Shares

सोलुखुम्बु – सोलुखुम्बुको तिङलामा २५ घरपरिवारलाई राहत बितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अति बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका २५ परिवारलाई एक बोरा चामल तथा एक थान सिरक बितरण गरेको हो ।

चिसो अत्याधिक बढेको र आर्थिक अबस्था कमजोर भएका परिवारलाई दैनिकी सहजताका लागि राहत बितरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहिले बताए । प्रजिअ शाहीका अनुसार बिपत व्यवस्थापन समिति अन्तरगत राहत उपलब्ध गराइएको हो ।

राहत पाएपछि स्थानियले खुसि व्यक्त गरेका छन् । राहत बितरण कार्यक्रममा प्रजिअ शाहीसहित प्रहरी नायव उपरीक्षक कबित कट्वाल, शसस्त्र प्रहरी प्रमुख दिनेश शर्मा लगायतको उपस्थिती रहेको थियो । फोटो-नारायण कुमार श्रेष्ठ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार