दिवस मनाउन कालापत्थर हिँडेको महिलाको टोलि नाम्चे पुग्यो

  हिमाल समाचार
49 Shares

सोलुखुम्बु – ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ ४० जना महिलाको टोली पदयात्रामा निस्केका छन् ।

आगामी फागुन २४ अर्थात मार्च ८ तारिखमा मनाइने अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने योजनासहित काठमाण्डौँबाट निस्केको टोलि नाम्चे बजार पुगेको छ ।

मंगलबार साँझ नाम्चे पुगेको टोलिमा सर्बोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहित विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुको सहभागीता रहेको आयोजक ‘साथसाथै’की अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।

जलवायू परिर्वतन सम्बन्धी घोषणापत्र जारी गर्ने तयारीका साथ आयोजित कार्यक्रममा मार्च ८ तारिखका दिन काठमाण्डौँबाट विशिष्ट व्यक्तिहरु हेलिबाट कालापत्थर पुग्नेछन् ।

कालपत्थरमा पुगेर जलवायु परिवर्तनले विशेषगरी महिला जनजीवनमा पारेको प्रभाव र महिला न्यायका विषयमा विश्वलाई ध्यानाकर्षण गराउन घोषणापत्र समेत जारी गर्ने तयारी रहेको अध्यक्ष कार्कीले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार