‘जनताले जिताए जनमैत्री विकास गर्छु’

  हिमाल समाचार
280 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्षका प्रत्यासी भुपेन्द्र कटेलले आफूले जिते नेचासल्यानमा जनमैत्री विकास गर्ने दाबी गरे ।

विगतको ५ बर्षमा अरबौ बजेट आएपनि डोजरले जमिन भत्काउने भन्दा दुरदर्शी काम नभएको आरोप लगाउदै कटेलले माओवादीले नेतृत्व गर्ने अवसर पाए प्रतिबद्धता पत्रमा जनाएका योजना कार्यान्वयन गर्ने बताए ।

उनले भने, ‘म कसैको लागि हराउन उठेका हैन् । जस्ले हराउन भनिरहेका छन् । उस्लाई त हराउने हो । अन्य उम्मेदवारलाई पनि पछि पारेर जित्न आएको हो ।’

कटेलले माओवादीको नेता संघीय सांसद भएपछि विद्युत, सडक, सञ्चार, खानेपानी, सिंचाईका योजनामा विनियोजित बजेट र कामलाई हेर्दा काम माओवादीले नै गर्छ भन्ने प्रमाणित भएको बताए ।

नेचासल्यानमा माओवादी केन्द्रले नेकपा एकिकृत समाजबादीसँग गठबन्धन गरेको छ । उपाध्यक्ष र वडा नं ३ मा महिला सदस्य दिएको नेकपा एसले उपाध्यक्षमा डिल्ली राईलाई उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार