सोलुदुधकुण्ड नगरपालिकामा काँग्रेसका नाम्गेलजाङ्बुको अग्रता

  हिमाल समाचार
8.4k Shares

सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डको नगर प्रमुखमा काँग्रेस उम्मेदवार नाम्गेलजाङ्बु शेर्पाले अग्रता लिएका छन् ।

वडा नम्बर १ को पुरै(१०३६) र वडा नम्बर ११ तिंलाको ४ सय मत गन्दा नगर प्रमुखमा काँग्रेस उम्मेदवार शेर्पाले ६ सय ४४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार आङकाजि शेर्पाले ६ सय १४ मत ल्याएका छन् ।

नगर उपप्रमुखमा भने एमाले उम्मेदवार मोहनकुमारी कार्कीले अग्रता लिएकी छिन । उनको ६ सय १७ मत आउँदा काँग्रेस उम्मेदवार गान्धिमाया तामाङको भने ६ सय ६ मत रहेको छ । यस अघि चुनाव बहिस्कार गरेको उक्त वडाको अध्यक्षमा भने नेकपा माओबादी केन्द्रले शुरुवाती अग्रता लिएको छ ।

माओबादी केन्द्रको १ सय ३१ मत रहेको छ भने नेपाली काँग्रेसको १ सय २० र नेकपा एमालेको उम्मेदवारलाई १०४ मत प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार