अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय उपाध्यक्षमा डा. सोलु विजयी

  हिमाल समाचार
721 Shares

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय उपाध्यक्षमा डा. रेणुका सोलु विजयी भएकी छिन् । एसिया कलष्टरबाट उपाध्यक्षको उम्मेदवार बनेकी डा. सोलुले निकटतम प्रतिस्प्रर्धी शशि थापालाई पराजित गर्दै निर्वाचित बनिन् ।

डा. सोलुले ५८७ मत ल्याउदा पराजित बनेकी थापाले ४७१ मत पाए । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार समाजको अध्यक्षमा गोवर्धन पूजा अध्यक्षमा निर्वाचित बनेका छन् । पूजाले ८०३ मत ल्याउदा प्रतिस्प्रर्धी सुनिल संगमले ३ सय मत ल्याए ।

वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित बने । उनले ५४० मत ल्याउँदा सोही पदका प्रतिस्प्रर्धी लाल गोपाल सुवेदीले ५३६ मत पाए । महासचिवमा विमला निरौला विजयी बनिन् । निरौलाले ४६० मत पाउँदा उनका प्रतिस्प्रर्धी कृष्ण कुमार गिरीले ३३९ मत पाए । अन्य पदमा निर्विरोध चयन गरिएको छ ।

केन्द्रीय उपाध्यक्ष (अमेरिका)मा राजेन्द्र कुमार श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष (यूरोप)मा सितादेवी बास्तोला बराल, केन्द्रीय उपाध्यक्ष (ओसिआनिया)मा महेश्वर शर्मा निर्विरोध चयन बने । त्यस्तै, सचिव पदमा दीप पाठक, कोषाध्यक्षमा निजानन्द मल्ल, सदस्यहरुमा सरिता अर्याल, सुदिप भद्र खनाल, सुमित गिरी, तारा अधिकारी र यादव देवकोटा निर्विरोध चयन भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार