माप्यदुधकोशीमा आयोजित राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ५ दिने राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

पालिकाको आयोजनामा पौष २५ गतेबाट वडा नम्बर ४ को रगंशालामा जारी प्रतियोगिता हिजो ‘शुक्रबार’ सम्पन्न भएको हो । प्रतियोगितामा अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड तथा खुल्ला वडा स्तरीय महिला तथा पुरुष भलिबल र डबल व्याटमिन्टन खेल सम्पन्न भएको छ ।

पालिकाको वडा स्तरीय पुरूष भलिबलतर्फ ५ नम्बर वडा प्रथम, ७ नम्बर वडा द्वितिय र ६ नम्बर वडा तृतिय भएको शिक्षा शाखा अधिकृत गजेन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार वडा स्तरीय महिला खुल्ला भलिबलतर्फ ६ नम्बर वडा प्रथम, ५ नम्बर वडा द्वितिय र २ नम्बर वडा तृतिय भएका हुन् । त्यस्तै खुल्ला पुरुष डबल व्याडमिन्टनतर्फ मणिकुमार राई, विकास राई प्रथम भएका छन् भने द्वितिय सुन्दर राई, नन्दराज राई र किरण राई, जिवन राई साथै भिम राई, रुपेश राई तृतिय भएका छन् ।

त्यस्तै खुल्ला महिला डबल व्याडमिन्टनतर्फ मायाँ राई र पुजा मगर प्रथम भएका छन् भने बिशु राई, जिवनकुमारी राई द्वितिय र विना राई, शशिकला राई साथै डोल्मा राई, कुसुम राई तृतिय भएका हुन् ।

उक्त प्रतियोगितामा अन्तर विद्यालय स्तरीय रनिङ तर्फ काकु मावि प्रथम, हिमालय मावि खास्ताव दोस्रो र हिमालयन मावि हाकुला तेस्रो भएको हो । वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिबलतर्फ पहिलो, दोश्रो र तेश्रो हुने टिमलाई क्रमश नगद रु.३० हजार, २० हजार र १५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

खुल्ला महिला तथा पुरुष ब्याडमिन्टनतर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमश नगद रु. १५ हजार, १० हजार र ६ हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार