नेलेका अग्नि पिडितलाई कांग्रेस केन्द्रीय सदस्य शेर्पाले गरे आर्थिक सहयोग

  हिमाल समाचार
203 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अग्नि पीडित परिवारलाई नेपाली कांग्रेस केन्द्रीय सदखस्य आङ गेल शेर्पाले आर्थिक सहयोग गरेका छन् ।

नेता शेर्पाले शुक्रबार घटनास्थलमा पुगेर पीडीत परिवारलाई भेटि व्यत्तिगत रुपमा २० हजार आर्थिक सहयोग गरेका हुन् । उक्त सहयोग रकम अग्नि पीडित सहयोग समितिको कोषमा जम्मा गरिएको वडाध्यक्ष एवं सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिए ।

आफुले सहयोग गरेको रकम ठुलो नभएपनि पिडामा परेका परिवारलाई मलम पट्टी लगाउनमा साथ मिल्ने नेता शेर्पाको विश्वास छ । पुस ५ गते मंगलबार दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पुर्णरुपमा नष्ट भएको थियो ।

उक्त घटनामा कल्पना बस्नेत, रमेश बस्नेत, वुद्विबहादुर कार्की र गणेश बस्नेतको घर पुर्ण रुपमा जलेर क्षति भएको थियो भने प्रनय राईको घरमा आंशिक क्षती भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार