सकियो कालिका आवि खोटाङको ४३ औँ वार्षिक उत्सव

  हिमाल समाचार
329 Shares

सोलुखुम्बु – खोटाङको रावाबेशी गाउँपालिका १ कुभिन्डे दम्कु स्थित कालिका आधारभूत विद्यालयलको ४३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । ‘‘लगनशिल, सिर्जनात्मक, श्रमशील विद्यार्थी, समर्पित कर्तव्यनिष्ठ शिक्षक, जीवनमुखी व्यवहारिक शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ माघ ५ गतेबाट सुरु भएको वार्षिक उत्सव आईतबार सकिएको हो ।

विद्यालयको आयोजाना तथा स्व. जस बहादुर राई अक्षयकोष र विभिन्न व्यक्तिहरुको सहयोगमा भएको वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरुका विच सम्पन्न भएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा साविक वडास्तरिय पुरुष भलिबल, पालिका स्तरिय विद्यालयहरु विच हिसाबदौड, चित्रकला, खुल्ला सामुहिक नृत्य प्रतियोगिता आयोजना गरिएको प्रधानाध्याकप टिकाराम राईले बताए । कार्यक्रममा विद्यालयका पुर्वप्रधानाध्यापकहरुलाई सम्मान समेत गरिएको छ ।

प्रतियोगितामा स्थान ओगट्न सफल सम्पुर्ण प्रतियोगिहरुलाई पुरस्कार तथा प्रमानपत्र प्रदान गरिएको आयोजनकले जनाएको छ । समापन कार्यक्रममा बोल्दै खोटाङका प्रतिनिभिसभा सदस्य राम कुमार राई (पासाङ)ले सामुदायिक विद्यालयहरुले पनि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

सरकारी स्तरका अधिकांश कर्मचारीहरु सामुदायिक विद्यालयमै अध्ययन गरेकाहरु भएको भन्दै सामुदायिक विद्यालयलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयमा राज्यको ठुलो लगानी रहेको स्मरण गराउँदै गुणस्तरिय शिक्षाका लागि विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य पाँचककर्ण राई (पिके), रावाबेशी गाउँपालिका कौशिला कुमारी गुरुङ, शिक्षक, विद्यार्थी, स्थानीय, कलाकारहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार