महाकुलुङ -५ मा सुरु भयो दुई महिने कम्प्यूटर तालिम

  हिमाल समाचार
343 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ५ मा दुई महिने आधारभुत कम्प्यूटर तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा फुलबारी सामुदायिक संस्था महाकुलुङ गाउँपालिका ५ ले चैत्र १ गतेबाट तालिम सुरु गरेको हो ।

कम्प्यूटर शिक्षाको उपयोगितालाई ध्यान दिदै संस्थाले सुरु गरेको तालिममा सो क्षेत्रका १२५ जनाको सहभागिता रहेको संवाददाता युमन खालिङ राईले जानकारी दिए ।

तालिममा बसन्त सगरमाथा संस्थाबाट ५ जना, बाबाल्मा संस्थाबाट ५ जना, फुलबारी सामुदायिक संस्थाबाट २५ जना, अमर ज्योति आविका ११ जना शिक्षक, घ्याङखर्क आविका ४ जना र संस्था भन्दा बाहिरका ६० जनाको सभागिता रहेको छ ।

वडा कार्यालयको ५ लाख र ८० हजार आन्तरिक गरि ५ लाख ८० हजारको लागतमा आयोजना गरिएको तालिमको सहजिकरण रमेश कम्प्यूटर इस्टिच्यूट जनकपुरका रविकृष्ण यादवले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार