वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुको अध्यक्षमा बन

  हिमाल समाचार
525 Shares

सोलुखुम्बु । वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुको अध्यक्षमा खगेन्द्र बन चयन भएका छन । आज मंगलबार सल्लेरीमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनले बनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सागर श्रेष्ठ, सचिवमा गोपाल धमला, कोषाध्यक्षमा पुष्पराज श्रेष्ठ, सहसचिवमा प्रेम कुमार राई र प्रवक्तामा दिनेश धमला चयन भए । यस्तै सदस्यहरुमा तारा राई, सत्य नारायण शाह, गुल्फम अन्सारी, सुस्मिता बास्तोला र कुमार गुरुङ चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुने छ । वित्तिय कर्मचारीहरुको हकहित तथा समस्याका लागि स्थापित यस मञ्चले वित्तिय संस्थाहरुमा आईपर्ने समस्याको विषयमा काम गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको नवनिर्वाचित अध्यक्ष बनले बताए ।

सोलुखुम्बु सदरमुकामसहित आसपासका क्षेत्रमा १२ वटा बैंक, १० वटा इन्स्योरेन्स कम्पनी र ९ वटा लघु वित्त रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार