संस्कृतिलाई निरन्तरता दिदैँ सेर्नामा तिज विशेष कार्यक्रम

  गोमा बस्‍नेत
112 Shares

सोलुखुम्बु : ओखलदुङ्गाको चिशंखुगढी गाँउपालिका वडा नंं. ५ सेर्नाले तिज लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

हिन्दु धर्मालम्बीहरुको महान चाड तिज विशेष पर्वमा तिज गितको भाकाका नृत्य तथा घैटो फुटाउने प्रतियोगिता गर्ने भएको हो । असोज १ गते हरितालिका तिजको अवसरमा सो कार्यक्रम गर्न लागेको वडा अध्यक्ष नेत्र भट्टराई (अनिल)ले जानकारी दिनुभयो ।

महिलाहरुलाई वर्तको बेला मनोरञ्जन तथा नेपालि हिन्दू संस्कृतिलाई निरन्तरता दिने उद्देश्यका साथ यहि भाद्र  ३० गते    तिज विशेष कार्यक्रम गर्न लागिएको वडा सचिव मिना आर्चाय घिमिरेको भनाई छ ।

मौलिक चाडपर्वको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेकाले प्रतियोगताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वनालाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार