हातेमालो महिला सन्जालले तिज विशेष कार्यक्रम गर्दै

रावा बेसी गाउँपालिका वडा नं. ५ दुबेकोलले गर्यो आर्थिक सहयोग

  गोमा बस्‍नेत
406 Shares

सोलुखुम्बु : हातेमालो महिला सन्जाल र रावा बेसी गाउँपालिका वडा नं.– ५ दुबेकोल खोटाङको संयुक्त आयोजनामा तिज लक्षित कार्यक्रम गरिने भएको छ ।
हिन्दु नारीहरुको महान चाड हरितालिकातिजको अवसरमा हातेमालो महिला सन्जाल दुबेकोल र रावाबेरी गाउँपालिका वडा नं. ५ को आथिक सहयोगमा यहि भदौ ३० गते शनीबारका दिन तिज विशेष विभिन्न कार्यक्रम गरिने भएको हो ।

उक्त दिन संगिनीनाच, तिज गितमा खुल्ला लोकनृत्य र तिज शिर्षकमा खुल्ला कविता वाचन प्रतियोगिता गर्न लागिएको हातेमालो महिला सन्जालकी अध्यक्ष टीका पोखरेलले जानकारी दिनुभयो ।


मौलिक भेषभुषा र परम्परागत संस्कृतिलाई निरन्तरता दिने हेतुले सो कार्यक्रमको आयोजनामा वडाले पनि आर्थिक सहयोग गरेको वडा नंं ५ का वडा अध्यक्ष मोहन कुमार गुरुङले बताउनु भयो ।

साथै उक्त कार्यक्रमहरुमा प्रतियोगिहरुलाई सम्मान स्वरुप पुरस्कारहरुको व्यवस्था गरिएको हातेमालो महिला संजालकी सचिव देवी राईले जानकारी दिनुभयो ।
पुरस्कारहरुमा संगिनी नाचतर्फ प्रथम , द्धितिय र तृतिय हुनेलाई क्रमश:  नगद रु.२५०० , २००० र १५०० ,लोक नृत्यतर्फ प्रथम , द्धितिय र तृतिय हुनेलाई क्रमश :  नगद रु.२००० ,१५०० र १००० र कविता प्रतियोगितातर्फ प्रथम , द्धितिय र तृतिय हुनेलाई क्रमश : नगद रु १५०० , १००० र ५०० को व्यवस्था गरिएको छ ।

मौलिक चाडपर्वको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेकाले प्रतियोगताको आयोजना गरिएको जनाइएको छ । साथै यसो गर्नाले संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार