संस्कृति जगेर्णाका लागि रावा बेसी – ६ हौँचुरले तिज विशेष कार्यक्रम गर्दै

  गोमा बस्‍नेत
637 Shares

सोलुखुम्बु : हिन्दु नारीहरुको महान चाड हरितालिकातिजको अवसरमा रावा बेसी गाउँपालिका वडा नं. ६ हौँचुरले यहि असोज १ गते हरितालिका तिजको दिन तिज विशेष विभिन्न कार्यक्रम गर्ने भएको छ ।

उक्त दिन संगिनीनाच, तिज गितमा खुल्ला लोकनृत्य, खुल्ला एकल नृत्य र तातो आलु खेल प्रतियोगिता गरिने भएको रावा बेसी गाउँपालिका वडा नं. ६ हौँचुरका वडा अध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिनुभयो ।

मौलिक भेषभुषा र परम्परागत संस्कृतिलाई निरन्तरता दिने हेतुले सो कार्यक्रमको आयोजनामा गरिने भएको कार्कीले बताउनु भयो । साथै उक्त कार्यक्रमहरुमा प्रतियोगिहरुलाई सम्मान स्वरुप पुरस्कारहरुको व्यवस्था गरिएकोे वडा महिला सदस्य देवकला भुजेलले जानकारी दिनुभयो ।
पुरस्कारहरुमा संगिनी नाचतर्फ प्रथम , द्धितिय र तृतिय हुनेलाई क्रमश : नगद रु.६००० , ४००० र ३००० ,खुल्ला लोक नृत्यतर्फ प्रथम , द्धितिय र तृतिय हुनेलाई क्रमश : नगद रु,६००० ,४००० र ३००० , खुल्ला एकल नृत्यतर्फ प्रथम , द्धितिय र तृतिय हुनेलाई क्रमश : नगद रु १५०० , १००० र ५००  र तातोआलु खेलतर्फ १५००, १००० र ५०० नगदको व्यवस्था गरिएको छ ।

व्रतालू महिलाहरु तथा वडा बासीलाई मनोरञ्जन तथा संस्कृतिलाई निरन्तरता दिने उद्देश्यका साथ तिज विशेष कार्यक्रम गर्न लागिएको दलित महिला सदस्य सुनिता पाचँकोटीलको भनाई छ ।

वातावरणमैत्री ढंगबाट तिजपर्व मनाउन सम्पूर्ण महिला दिदिबहिनीहरुलाई वडा अध्यक्ष चिरञ्जीवी कार्कील अनुरोध समेत गर्नुभयो ।
चाडबाडहरुलाई सभ्य तरिकाले मनाउँदै सदियौँ देखिको परम्परा र मान्यतालाई जीवन्तता दिनु आधुनिक नारीको कर्तव्य पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार