खोटाङको दिक्तेल नगरपालिकामा जिल्लाकै बढी अपराधिक कृयाकलाप, सबैभन्दा कम साकेलामा

  दिपेन्द्र खनाल
308 Shares

साेलुखुम्बु – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जिल्लाकै सबैभन्दा बढी अपराधिक कृयाकलाप हुने क्षेत्र भएको प्रहरीको तथ्याङको देखाउँछ । जिल्लाका १० पालिका मध्ये सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जिल्लाकै बढी अपराधिक घटना घट्ने पालिका रहेको प्रहरीको अपराध चक्र तालिकाले पुष्टि गरेको हो ।

गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लाको समग्र अपराध चक्र हेर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अगाढी रहेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङमा दर्ता भएका १ सय ७८ मुद्धा मध्ये नगरपालिकाका मात्रै ६६ ओटा अपराधिक घटनाका मद्धा दर्ता भएको पहरीको तथ्याङकमा उल्लेख छ ।

नगरपालिकामा सबैभन्दा बढी आत्महत्याका १८ वटा घटना भएका छन । त्यसपछि अभद्र व्यवहारका घटना १५ वटा घटना भएको प्रहरीको तथ्याङकमा उल्लेख छ । यस्तै जवरजस्ती करणीका ६ वटा भवितव्य ज्यान सम्बन्धी ८ ओटा, कर्तव्य ज्यान सम्बन्धी सरकारी छाप किर्ते सम्बन्धी घटना १ वटा, ठगि वा कसुर सम्बन्धी अपराध २ वटा, लागु औष सम्बन्धी १ वटा, चोरी सम्बन्धी ३ वटा, बालबाललिका विरुद्धको सम्बन्धी कसुर २ वटा, बहुविबाह सम्बन्धी घटना २ वटा, सवारी ज्यान सम्बन्धी घटना ४ वटा, आगो लगाएको अपराधिक उपद्रोका घटना १ वटा रहेको पाईएको हो ।

जिल्ल सदरमुकाम समेत रहेको नगरपालिका जिल्लाकै धेरै जनसंख्या भएको पालिका पर्दछ । यता जिल्लाकै सबैभन्दा कम अपराधिक घटना हुने पालिका भने साकेला गाउँपालिका देखिएको छ । उक्त पालिकामा गत आर्थिक वर्षमा ४ वटा अपराधिक घटना भएको प्रहरीले जनाएको छ । उक्त पालिकामा गत आर्थिक वर्षमा अभद्र व्यवहार सम्बन्धी ४ वटा मुद्धा प्रहरुीमा दर्ता भएको जनाइएको छ ।

यस्तै जिल्लाको दाश्रो बढी अपराधिक कृयाकलाप हुने पालिका हलेसी तुवाचुङ नगरपालिका रहेको छ । यहाँ बाट प्रहरीमा २५ वटा मुद्धा दर्ता भएको बताइएको छ ।

यस्तै जिल्लाको ऐसेलुखर्क गाउँपालिकाबाट १९ मुद्धा दर्ता भएको बताइएको छ भने खोटेहाङबाट १४ मुद्धा, जन्तेढुंगाबाट १३, दिप्रुङ चुइचुम्मा बाट ८ मुद्धा, केपिलासगढी बाट १० मुद्धा, बराहपोखरीबाट ११ र रावाबेँसी गाउँपालिकाबाट ८ वटा मुद्धा प्रहरीमा परेकोज्लिला प्रहरी कार्यालय खोटाङको निमित्त प्रहरी प्रमुख बेनु कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार