नुम्बुर प्राविधिक तालिम केन्द्र गार्माले गर्‍यो विद्यार्थी र अभिभावकहरुसँग अन्तरकृया

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको माथिल्लो गार्मामा सञ्चालन गर्न लागेको (नुम्बुर भोकेश्नल ट्रेनिङ सेन्टर) नुम्बुर प्राविधिक तालिम केन्द्रले स्थानीय अभिभावक तथा विद्यार्थीहरुसँग अन्तरकृया गरेको छ । करिब २ वर्षपछि सञ्चालनमा ल्याउने तयारी गरिएको उक्त तालिम केन्द्रले आज शनिबार वडा कार्यालयमा स्थानीय अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरुको प्रतिकृया लिएको हो ।

कार्यक्रममा स्थानीयको माग र कसरी तालिमलाई जिवन उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा स्थानीयको प्रतिकृया लिएका थिए । स्थानीयको जिज्ञासाको लगानीकर्ता सोलुच्यामका अध्यक्ष पिएउए र तालिम केन्द्रका अध्यक्ष निमा शेर्पाले समाधान गरेका थिए । कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले तालिम केन्द्रलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न र गुणस्तरिय सिप प्रदान गर्नमा नगरपालिका भरपुर रुपमा लागि पर्ने बताउनुभयो ।

तालिम केन्द्रले नगरबासीहरुलाई रोजगार सृजना गर्नमा ठुलो भुमिका खेल्नेमा आफु आशावादी रहेको भन्दै उहाँले यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्नु प्रमुख विषय भएको बताउनुभयो । सोलुदुधकुण्ड नगरपालिका ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले होस्टेलसहितको तालिम केन्द्र गार्मामा सञ्चालन गर्नु जिल्लाकै लागि गौरवको विषय भएकाले व्यवस्थापन पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो ।

साथै नेपाल कृषि प्रदान मुलुक भएकाले कृषि सम्बन्धीका तालिमहरु पनि सञ्चालन गर्न सकिए प्रभावकारी हुने उहाँको भनाई छ । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पासहित स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगाउयतको उपस्थिती रहेको थियो ।

फ्रान्सेली दातृ निकाय सोलुच्यामले सोलुदुकुण्ड नगरपालिकाको समेत लागत साझेदारीमा झण्डै पौने ४ करोडको लगानीमा नुम्बुर भोकेश्नल ट्रेनिङ सेन्टर निर्माण गर्न लागेको हो । दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि सुरु गरिएको निर्माण कार्यका लागि सोलुदुधकुण्ड नगरपालिकाले ८५ लाख ८१ हजार ६२६ रुपैयाँ लगानी गर्ने जनाइएको छ ।

जसमा पहिलो सेक्सनमा ३० जना र तिन महिना पछि दोश्रो सेक्सनमा ३० जना गरी ६० जनाको कोटा निर्धारण गरिएको छ । युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी स्वदेशमै रोजगार सृजना गर्ने उदेश्यका साथ सुरु गरिएको उक्त आयोजनाले सन् २०२५ को सेप्टेम्बरबाट कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार