सोलुमा लोरेन नेपाल फ्रान्सद्वारा ४३ लाख बढी छात्रवृत्ति प्रदान

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु – लोरेन नेपाल फ्रान्सले सोलुखुम्बुका विद्यार्थीहरुलाई ४३ लाख बढी छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त संस्थाले जिल्लाका १९ विद्यालयका ५५० जना विद्यार्थीलाई ४३ लाख २५ हजार ४०० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो ।

शेर्पा बालबालिका सहायता संघको पहलमा संस्थाले ज्वालामाई आवि तामाखानी, सेतीदेवि आवि चारघरे, बेनी आवि सालाबेशी, दुधकुण्ड आवि हेवा, बुद्ध एकेडेमी आवि तुम्बुक, रिङ्मु आवि रिङ्ग्मो, टाक्सिङ मावि नुनथला, जुनबेशी मावि जुनबेशी, नमबुद्ध आवि फेरा र हिमालय मावि खास्तापका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

यस्तै रामपुर मावि कोफु, सिंहदेवि आवि मोरल, सुन्दरझर्ना आवि ढकमलुङ, जिवनज्योती मावि नेले, सेकार्सिङ आवि सेकार्सिङ , सगरमाथा आवि च्याल्सा, गार्मा मावि गार्मा, पिके मावि लोदिङ र फाप्लु आवि फाप्लुका विद्यार्थीलाई गत आर्थिक वर्षको छात्रवृत्ति प्रदान गरिएको लोरेन नेपालका कार्यक्रम संयोजक सन्त बहादुर मगर र्याविटले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५५० जना विद्यार्थीलाई एक वर्षको न्युनतम ६ हजार ५०० देखी माथी रकम प्रदान गरिएको हो । मङ्सिर ५ गतेबाट सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रम आज बिहिवार सकिएको संस्थाले जनाएको छ ।

सोही दातृ निकायले जिल्लाका ५ वटा विद्यालयमा १४३ विद्यार्थीलाई विद्यालय पोशक वितरण गरिएको छ ।

सेतिदेवी आवि चारघरेका ४२, बेनि आवि सालाबेसीका २०, बुद्ध एकेडेमी आवि तुम्बुकका ३०, नमोबुद्ध आवि फेराका ४१ र दुधकुण्ड आवि हेवाका १३ जना विद्यार्थीलाई सर्ट, पाईन्ट, ट्र्याक सेट, जुत्ता, ज्याकेट, स्विटर लगायतका कपडा वितरण गरिएको कार्यक्रम संयोजक मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार