नेचासल्यानमा सकियो ३ दिने एकीकृत पाठ्यक्रम सहजीकरण तालिम

  हिमाल समाचार
532 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको हिमाल दर्शन माविमा ३ दिनदेखि सञ्चालित एकीकृत पाठ्यक्रम सहजीकरण सम्बन्धी पुनर्ताजगी तालिम सकिएको छ । रीड नेपाल र गाउँपालिकाको संयुक्त आयोजनामा गत आईतबारबाट सुरु भएको तालिम आज मंगलबार सकिएको हो ।

रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा नेचासल्यान गाउँपालिका सामाजिक विकास समिति संयोजक इन्द्र बहादुर राईको प्रमुख अतिथ्यतता र शिक्षा शाखा प्रमुख माधवमणि ढुंगाना, हिमाल दर्शन मा विका प्र अ अशोक कुमार शर्माको उपस्थितिमा कार्यक्रमको समापन गरिएको हो ।

रीड नेपालको आयोजना तथा नेचा सल्यान गाउँपालिकाको समन्वयमा संचालित तालिममा नेचा सल्यान गाउँपालिका भित्रका ६५ जना शिक्षकहरुको उपस्थिति रहेको रीड नेपालका शिक्षा विकास अधिकृत सुजाता राईले जानकारी दिनु भयो । तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा र प्रयोगमा देखिएका चुनौती सम्बन्धी छलफल जीवन व्यवहार कुशल सिप, एकीकृत पाठ्यक्रम अनुसार पाठयोजना निर्माण, नमुना अभ्यास शिक्षण, विद्यार्थी सिकाइ मूल्यांकन पद्दतिको अवधारणा र अभ्यास लगाएतका विषयलाई समेटिएको रीड नेपालले जनाएको छ ।

तालिमको सहजीकरण शिक्षा विकास संयोजक केशव देव गिरी शिक्षा विकास अधिकृत सुजाता राई, अभिषेक विक्रम शाह, तालिम अधिकृत जुनु हिराचन र सोनाम लामाले गर्नु भएको थियो । कार्यक्रमममा बोल्दै सहभागी शिक्षकको तर्फबाट कुमार बास्तोला र कमला दाहालले सिकेका सिपविद्यालयमा लाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

शिक्षा शाखा प्रमुख माधवमणि ढुंगेलले सिकेका सिप विद्यालयमा लैजान आग्रह गर्दै तालिम संचालनका लागि रीड नेपाललाई धन्यवाद दिनु भयो । कार्यक्रममा बोल्दै सामाजिक विकास समिति सयोजक इन्द्रबहादुर राईले तालिम लिने सम्पूर्ण शिक्षकलाई बाधाई दिदै तालिमले विद्यार्थीको सिकाइमा परिवर्तन आई शैक्षिक गुणस्तर सुधार हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले रीड नेपालको केन्द्र बिन्दुको रुपमा बालबालिका रहेकोले शिक्षक मार्फत बालबालिकासम्म विभिन्न ज्ञान सिपहरु पुग्ने र बालबालिकाको सिकाइ उपलब्धी वृद्धि हुने आशा व्यक्त गर्नु भयो र तालिमलाई कक्षाकोठामा पुर्याउन शिक्षकको नै महत्त्वपूर्ण भूमिका रहने हुदा सहभागीलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार