विद्यार्थीलाई निःशुल्क कम्प्यूटर तालिम दिन नेविसंघ सोलुद्वारा दब्राइट फ्युचर कम्प्यूटर सेन्टरसँग सम्झौता

  हिमाल समाचार
616 Shares

सोलुखुम्बु – नेपाल विद्यार्थी संघ (नेविसंघ)सोलुखुम्बुले दब्राईट फ्यूचर कम्प्यूटर सेन्टरसँगको सहकार्यमा ५० जना विद्यार्थीलाई निःशुल्क कम्प्यूटर तालिम प्रदान गर्ने भएको छ ।

जिल्लाका ५० जना विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर तालिम सञ्चालन गर्ने बारे नेविसंघ र कम्प्यूटर सेन्टर बिच सम्झौता भएको हो । आधुनिक व्यवहारिक र प्राविधिक शिक्षा, गुणस्तर सिकाई नेविसंघको इच्छा’ भन्ने मुल नाराका साथ एक कार्यक्रमका बिच नेपाल विद्यार्थी संघको साझेदारीमा उक्त सम्झौता भएको नेपाल विद्यार्थी संघ सोलुखुम्बु जिल्ला सचीव एवं प्रवक्ता बिभूषण राईले जानकारी दिनुभयो ।

तालिम लिन चहाने इच्छुक विद्यार्थीले सल्लेरी स्थित दब्राईट फयूचर कम्प्युटर सेन्टरको कार्यलयमा आवेदन दिन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार