भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोदलाई, कुमार बने सेकेण्ड रनरअप

  हिमाल समाचार
539 Shares

सोलुखुम्बु – भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जित्नुभएको छ । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा विनोदले उपाधि जित्नुभएको हो ।

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्नुहुन्छ । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित हुनुभयो । उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो ।

दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जित्नुभएको हो । जितसँगै उहाँले २० लाख नगदसहितका पुरस्कार प्राप्त गर्नुभएको छ । तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो ।

फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिनुभयो । भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिनुभएको थियो ।

कोच र फाइनलिस्टले प्रस्तुति दिँदा फिनालेको माहोल रोमाञ्चक बनेको थियो । चर्चित लोक तथा दोहोरी गायक राजु परियार र बद्री पँगेनीले पनि प्रस्तुति दिनुभयो ।

भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले आफ्नो हिट गीत ‘दूरी मजबूरी’ गाएर दर्शकलाई जुरुक जुरुक पार्नुभयोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार