सोलुबाट ८ हजार भन्दा बढी बालबालीकालाई दादुरा रुबेला खोख दिईदै

सोलुखुम्बु – दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा पनि यहि फागुन २९ गतेबाट चैत्र ३ गते सम्म खोप  दिईने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार ८ वटा स्थानीय तहबाट जम्मा ८ हजार ८ सय १९ जना बालबालीकाहरुलाई खोप दिने कार्यालयले जनाएको छ । जिल्लामा दादुरा रुबेला खोप अभियानमा ९ महिनादेखि ५ वर्ष सम्मका बालबालीकालाई खोप लगाईने छ ।

जसमा सोलुदुधकण्ड नगरपालिबाट १९ सय ६ जना, थुलुङ दुधकोशीबाट १५ सय ३३, महाकुलुङबाट १३ सय ७२, नेचासलयान बाट ११ सय ३८, माप्यबाट १ हजार ६१, सोताङबाट ८ सय २६, खुम्बु पासाङ ल्होमु बाट ५ सय ५१ र लिखुपिकेबाट ४ सय १२ जनालाई खोप लगाईने स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सौजन सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा जम्मा २ सय २१ वटा खोप केन्दमा खोप सञ्चालन गरिने छ ।

यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो ।

अब सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म देश भर सन्चालन हुने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार