सोलुखुम्बु – ओखलढुंगाका गुणराज रुचालले विश्व मुवाथाई च्याम्पियन जितेका छन् । थाइल्यान्डमा सम्पन्न १९औं विश्व मुवाथाई च्याम्पियन प्रतियोगितामा रुचालले नेपालको तर्फबाट उपाधी जितेका हुन् ।
इटालीका खेलाडी ग्रावियल ओलारिउलाई हराउदै रुचाल च्याम्पियन भएका हुन् । रुचालले नेपालको तर्फबाट पहिलो विश्व च्याम्पियनसीपको उपाधी जितेका छन् ।
नेपालको तर्फबाट भएको आठौं सहभागिता रुचालले च्याम्पियनको उपाधी जितेका हुन् । रुचाल सुनकोशी गाउँपालिका–३ सिस्नेरी ओखलढुंगाका हुन् । प्रतियोगितामा ४० भन्दा बढी देशका खेलाडी सहभागी थिए ।