शेर्पा विद्यार्थी संघको अध्यक्षमा छिरिङ चयन, एक वर्षमा नेतृत्व परिवर्तनको सहमती

  हिमाल समाचार
868 Shares

सोलुखुम्बु – शेर्पा विद्यार्थीहरुको साझा संगठन नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा छिरिङ शेर्पा चयन हुनु भएको छ । आईतवार काठमाण्डौँमा सम्पन्न १४ औँ अधिवेशनले पहिलो एक वर्षका लागि सिन्धुपाल्चोकका छिरिङलाई अध्यक्षमा चयन गरेको हो ।

निर्वाचन मण्डलका अनुसार संघको अध्यक्षमा छिरिङ शेर्पा, फुटी शेर्पा र फुर्वा छिरिङ शेर्पाको दाबेदारी थियो । बन्द शत्रले दुई वर्षको कार्यकाल मध्ये पहिलो एक वर्ष सिन्धुपाल्चोकका छिरिङले र दोश्रो एक वर्ष रामेछापका फुर्वा छिरिङले नेतृत्व गर्ने गरी सहमती जुटेको निर्वाचन मण्डलले जनाएको छ ।

अध्यक्षका अर्का प्रत्यासी फुटी शेर्पालाई जनजाति विद्यार्थी महासंघ पठाउने सहमति भएको छ । संघको सहअध्यक्षमा फुर्वा छिरिङ शेर्पा(रामेछाप, वरिष्ठ उपाध्यक्षमा गेलु शेर्पा(सोलुखुम्बु), उपाध्यक्षहरुमा ल्हाक्पा डोमा शेर्पा(ताप्लेजुङ), फुरङिमा शेर्पा(दोलखा), कर्मा छिरिङ शेर्पा(सिन्धुपाल्चोक), तेन्जिङ शेर्पा(संखुवासभा), नान्सी शेर्पा(दोलखा), ङिमा सांगे शेर्पा(संखुवासभा) र दावा याङजी शेर्पा(सोलुखुम्बु) रहेका छन् ।

यस्तै महासचिवमा पेम्बा गेल्जेन शेर्पा(ओखलढुङ्गा), सचिवहरुमा मिङमार तेन्जी शेर्पा(सोलुखुम्बु), मिङमा शेर्पा(रामेछाप), ङिमा शेर्पा(सोलुखुम्बु), डोल्मा छिरिङ शेर्पा(सोलुखुम्बु) रहेका छन् । कोषाध्यक्षमा पेमा डोमा शेर्पा(ताप्लेजुङ), सहकोषाध्यक्षहरुमा दारिन्जी शेर्पा(सोलुखुम्बु), दिकु शेर्पा(सोलुखुम्बु), दावा सुन्दर शेर्पा(संखुवासभा) रहेका छन् ।

काठमाण्डौको शेर्पा सेवा केन्द्रमा भएको राष्ट्रिय महाधिवेशन बौद्ध धर्म गुरु छोकी ङिमा रिन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नव निर्वाचित वरिष्ठ उपाध्यक्ष गेलु शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रमा पुर्व सांसद जिप छिरिङ लामा शेर्पा, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, शेर्पा सेवा केन्द्रका अध्यक्ष गेल्जे लामा शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार