पिके माविका १२३ शिक्षक तथा विद्यार्थीलाई टिएस डब्लूद्वारा ट्रयाकसुट वितरण

  हिमाल समाचार
525 Shares

सोलुखुम्बु – पिके माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका–३ लोदिङका १२३ जना शिक्षक तथा विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको छ । विद्यालयका विद्यार्थी तथा शिक्षक कर्मचारीहरुलाई आज मंगलवार द स्मल वल्र्ड(टिएस डब्लु) ले एक एक सेट ट्रयाक सुट वितरण गरेको हो ।

संस्थाले विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यालयको नाम र लोगोसहितको ट्रयाक सुट वितरण गरेको प्रधानाध्यापक चेत बहादुर मगरले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाका अध्यक्ष कर्मा शेर्पाले १५ जना शिक्षक कर्मचारी र १०८ जना विद्यार्थीलाई कपडा वितरण गर्नुभएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिङ्मार शेर्पाको अध्यक्षता तथा वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाको प्रमुख आथित्यतामा सम्पन्न भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार