जिल्ला अस्पताल फाप्लुले दन्त सेवा सञ्चालन गर्दै

  हिमाल समाचार
301 Shares

सोलुखुम्बु – सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुले आफ्नै डेण्टल सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले नागरिकको माग र आवश्यकतालाई मध्ये नजर गर्दै पहिलो पटक आफ्नै दन्त सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयबाट दन्त सेवाका लागि पठाएको ५ लाख रुपैयाँ बराबरको आवश्यक सामाग्री आज मंगलबार जिल्ला आइपुगेको छ । जसमा डेण्डल चियर, एक्सरे मेसिन, कमप्रेसर लगायतका सामाग्रीहरु रहेको जिल्ला अस्पतालका प्रमुख डा. प्रसान्त शाहले जानकारी दिनुभयो ।

अस्पताल आवश्यक व्यवस्थापनमा चुटेकाले दुई महिना भित्र दन्त सेवा सुचारु हुने उहाँले बताउनुभयो । कोशी प्रदेशका १४ जिल्ला अस्पताल मध्ये सोलुखुम्बुमा मात्रै दन्त सेवा थिएन ।

जसका कारण बिरामीहरु निजी क्लिनिकमा धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारी दन्त सेवा विस्तार गरिन लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार