माध्यमिक शिक्षा (एसइई) मा सोलुबाट १३ जना अनुपस्थित

सोलुखुम्बु – माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन सोलुखुम्बुबाट १३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक हजार ६ सय ७१ जना परीक्षार्थीमध्ये १३ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुले जनाएको छ ।

नियमिततर्फ १२ र गे्रड बृद्वितर्फ १ जना गरि जम्मा १३ जनाको अनुपस्थित भएको शिक्षा विकास तथा सम्वनय इकाई सोलुखुम्बुका प्राविधिक सहायक प्रकाण्ड न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार छात्र ७ जना र छात्रा ६ जना अनुपस्थित भएको हो । परीक्षामा जिल्लाको ४५ वटा सामुदायिक, ५ संस्थागत विद्यालयका परीक्षार्थीले १४ वटा केन्द्रबाट सहभागीता जनाएका छन् ।

पहिलो दिनको परीक्षा शान्त वातावरणमा मर्यादित रुपमा सम्पन्न भएको एकाइ प्राविधिक न्यौपानेले बताउनुभयो । जिल्लामा सबैभन्दा धेरै परीक्षार्थी पद्मकन्या आधारभुत दाम्कु केन्द्रबाट १ सय ७०  जना र सबैभन्दा कम दुधकोशी आधारभुत विद्यालउ बुम्बुरीबाट ६४ जना परीक्षार्थीले पहिलो दिन सहभागी जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार