लक्ष्मी सनराइज बैंकले गर्‍यो आँखा केन्द्र फाप्लुलाई सिसिटिभी क्यामेरा सहयोग 

  हिमाल समाचार
266 Shares

सोलुखुम्बु – लक्ष्मी सनराइज बैंक  लिमिटेडले सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुलाई एक सेट सिसि क्यामेरा सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आज शुक्रवार उक्त सामाग्री निशुल्क हस्तान्तरण गरेको लक्ष्मी सनराइज बैंकका सहयाक शाखा प्रबन्धक गोपाल धमलाले जानकारी दिनुभयो  । प्राप्त सामाग्रीहरुमा ४ थान सिसिटिभी क्यामेरा, हार्ड डिक्स, मनिटर र सेटअप बकस १/१ थान रहेको आँखा केन्द्र प्रमुख बिधान ताम्राकारले बताउनुभयो ।

सो सामाग्री आज बैंकका सल्लेरी शाखा प्रबन्धक चुडाराज सुवेदीले एक कार्यक्रमका बिच आँखा केन्द्र प्रमुख बिधान ताम्राकारलाई हस्तान्तरण गर्नुभयो ।

प्राप्त सो प्राविधिकको सहायताले कार्यालयको निगरानी गर्नदेखी हरेक क्रियाकलापमा उपयोगी हुने आँखा केन्द्रको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार