कोरोना महामारी हुदा सम्म पनी, नबदलिएको हाम्रो आचरण

कोरोना (COVID 19) केहो कसरी वच्ने लगायतका विषयमा  जिल्ला जनस्वस्थय कार्यलय काठमण्डौमा कार्यरत (पव्लिक हेल्थ नर्स )पार्वती विष्ट ज्यु सँग गरीएको कुराकानी ।

  • कोरोना (COVID 19) के हो ? कसरी वच्ने ?
    नोबेल कोरोना भाइरस, भाइरसहरूको एउटा ठूलो परिवार मध्येको एक सदस्य हो्र यसको संक्रमणबाट हुने रोगलाई (COVID 19) भनिन्छ जसमा सामान्य ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाई देखि अत्यन्त गम्भीर स्वास्थ्य समस्या गराउन सक्छ । मित्र राष्ट्र चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभरी फैलिसकेको छ । विश्व स्वास्थ्य संघले कोरोना भाईरसको संक्रणलाई “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ ।कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने संक्रमण हो । यो संक्रमित व्यक्तिले खोक्दा र हृाछ्यँ गर्दा निस्कने थुक र सिंगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
    कोरोना भाइरसको मुख्य लक्षणहरूनिम्न हुन् ।
    सामान्य लक्षणहरु 
    -ज्वरो आउने
    – सुख्खा खोकि लाग्ने
    – श्वाश फेर्ने गाह्रो हुने
    गम्भीर लक्षणहरु
    – कडा निमोनिया
    – मृगौला फेल
    यस्ता लक्षणहरु देखा परेमा नजिकको स्वास्थ्य केन्दमा जाने । कोरोना प्रभावित देशबाट आएको भएमा वा सो देशहरुबाट आएको व्यक्तिको सम्पर्कमा आएको भएमा सोको जानकारी स्वास्थ्यकर्मीलाई गराउने।
    यस रोगको संक्रमणको जोखिमबाट बच्ने उपायहरूस्
    कोरोना लाग्न बाट बच्न सबैले स्वस्थ व्यवहार अपनाउनु जरुरि छ्र जस्तै –
    – बेला बेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने
    – खोक्दा हृाछ्युँ गर्दा नाक मुख tissue paper वा कुहिनाले छोप्ने र प्रयोग गरेको tissue paper लाई तुरुन्त फोहर फ्याँक्ने बाकसमा फाल्ने र साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने
    – रुघाखोकी लागेको व्यक्तिबाट टाढा रहेने वा रुघाखोकि लागेको छ भने अरु व्यक्तिबाट टाढा रहने
  •  कोरोना प्रभावित देशबाट नेपालमा आएको भएमा १४ दिन सम्म घरमा नै परिवारका सदस्य तथा साथीभाईबाट अलग्गै बस्ने
  •  भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने
  •  अनावश्यक रुपमा घर पालुवा वा जंगली जनावरहरु संग सम्पर्कमा नआउने
  •  सार्वजनिक यातायातमा यात्रा गर्दा माक्सको प्रयोग गर्ने र हात साबुन पानी वा स्यानिटाइजर प्रयोग गर्ने र बाहिरबाट आउदा लगाएको लुगाहरु छुटै राख्ने वा धुने
  •  ज्वरोे, सुख्खा खोकि लागेमा श्वाश फेर्ने गाह्रो महशुश भएमा तुरुन्त नजिकाको स्वास्थ्य केन्दमा जाने ।(COVID 19)उच्च जोखिममा हुने व्यक्तिहरु
    परिवारका सदस्यहरु वा स्वास्थ्यकर्मीहरु जसले कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुको हेरचार गर्छन्र
    -६० बर्ष भन्दा बढी उमेर समुहका व्यक्तिहरु
    – नसर्ने रोगहरुस् जस्तै उच्च रक्तचाप, मुटु सम्बन्धि अन्य रोगहरु, मधुमेह, दिर्घ स्वासप्रश्वास रोग र क्यान्सर लागेका व्यक्तिहरु
    -धेरै मानिसहरु जमघट हुने स्थानहरु ९ हवाई मैदान, सिमा नाका, सिनेमा हल, मेला, हाट बजार, सार्वजनिक यातायात आदि०मा आवतजावत गरिरहने मानिसहरु
    – (COVID 19) को संक्रमण फैलिएको देशबाट आएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु
    हाल नेपालको अवस्था के छ ?नेपालमै परीक्षण सम्भव छ ?
    हाल सम्म नेपालमा एक जना व्यक्ति मात्र (COVID 19) पोजेटिभ भेटिएको थियो र उहाँ निको भएर घर गईसक्नु भएको छ्र हाल यसको परिक्षण नेपाल नेपालमै हुन्छ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं
    (COVID 19) प्रभावित देश वा स्थानबाट यात्रा गरि फर्केका व्यक्तिहरुले घर वा बासस्थान बाट फर्केको १४ दिन सम्म अपनाउनु पर्ने अतिआवश्यक क्रियाकलापहरु
    -घर वा बासस्थानमा फर्केको दिनदेखि १४ दिनसम्म स्वास्थ्य सेवा लिने बेला बाहेक अन्य समयमा आफ्नो घर वा बास स्थानमा नै बस्ने ्र
    – परिवारका सदस्यहरु वा अन्य व्यक्तिहरु बाट अलग्गै बस्ने
    -प्रयोग गरेका सामानहरु राम्रोसंग साबुन पानिले सफा गर्ने र अरुलाई प्रयोग गर्ने नदिने
    -नियमित हात धुने
    – माक्सको प्रयोग गर्ने
    – खोक्दा वा हाच्छ्यु गर्दा नाक र मुख छोप्ने
    – आफुलाई देखा परेका लक्षणहरुको ख्याल गर्ने जस्तैस् ज्वरो १००।४ डिग्री फरेन्हाइट भन्दा बढी आएमा, सुख्खा खोकी लागेमा, सास फेर्न गाह्रो महसुस भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नेभ्रम र यथार्थ
    – लसुनरअदुवाको बढी प्रयोग गर्दा रोग निको भएको कुनै तथ्य छैन्र
    – रक्सीले हात धुदा संक्रमण केहि मात्रामा नियन्त्रण भएपनि सेवन गर्दा शरीरलाई हानि गर्छ
    – कोरोना सङ्क्रमको अवस्थामा तेल मालिस, पिरो अमिलो सेवन गर्दा रोग निको भएको कुनै तथ्य छैन
    कोराना लागेमा के गर्ने कहाँ सम्पर्क गर्ने ?
    – हालसम्म यो रोगको कुनै बिशेष औषधी वा भयाक्सिन पत्ता लागेको छैन
    – स्वास्थ्य संस्था वा अस्पतालहरुमा लक्षण अनुसारको उपचार वा व्यवस्थापन गरिन्छ
    – ज्वरोे आएमा , सुख्खा खोकि लागेमा, श्वाश फेर्ने गाह्रो महशुश भएमा तुरुन्त नजिकाको स्वास्थ्य केन्दमा जाने वा काठमाडौं उपत्यकाको हकमा सिधै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौ जानेअन्तमा-यो भूकम्प जस्तो होइन सबै सरकार ले व्यवस्थापन गरेर हुने र कुनै वैदेशिक सहयोग को अपेक्षा गर्न पनि नमिल्ने अवस्था छ किन सबै जसो देश यस संक्रमण बाट प्रभावित छ । त्यसैले जे छ जस्तो छ हामी आफैले व्यवस्था गर्नु पर्छ। हामी आफै जोगिनु पर्छ र अरुलाई जोगाउन आफ्नो क्षेत्र बाट सकिने हरसम्भव प्रयास गर्नु पर्छ। हामी वीर गोर्खली थियो र छौ भन्ने सोचका साथ एकजुट भई यस संक्रमण हुन संग लड्न तयार हुनुपर्छ र यसलाई हाम्रो देशमा सके सम्म छिर्न नदिने र आई हाल्यो भने पनि सबै मिलेर भगाउन पर्ने हुन्छ। त्यस कारण हामीले व्यवहार अपनाउने र सरकार बाट भएको निर्देशन अनिवार्य लागू गर्ने। व्यक्तिगत स्वार्थ बाट माथि उठेर आफू र सिंगो देश बचाउन सहयोग गरौं।
    – कोरोना भाइरस रोगका वारेमा थप जानकारी वा ज्ञिज्ञाशा भएमा १११५ (२४ सै घण्टा) वा ९८५१२५५८३९, ९८५१२५५८३७, ९८५१२५५८३४ मा सम्पर्क गर्ने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार