प्रधानमन्त्री र विप्लब बिच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटार पगेका छन् । आज केही समयको भेटपछि विप्लव बालुवाटारबाट बाहिरिएका छन् ।

केही बेरपछि फेरि एक चरण बालुवाटारमै प्रधानमन्त्रीसँग भेटवार्ता हुने र त्यसपछि राष्ट्रियसभागृह जाने कार्यक्रम रहेको छ । विप्लवलाई काठमाडौं प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ ।

सरकारसँग भएको तीनबुँदे सहमतिसँगै आज उनी काठमाडौंमा हुने एक कार्यक्रममार्फत सार्वजनिक हुनेछन् । baahrakhari

काठमाडौंमा विप्लव समूहका शीर्ष नेताहरूको भेट

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूबीच काठमाडौंमा भेट भएको छ ।

सार्वजनिक भइसकेपछि पहिलोपटक पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पार्टीको शीर्ष नेता धर्मेन्द्र बास्तोला लगायतका नेताहरुबिच भेटघाट भएको हो ।

शुक्रबार हुने भनिएको सरकार र नेपाल कम्युनिष्ट पार्टीबीचको विस्तृत सहमति अघि नेताहरुबीच भेटघाट भएको हो । महासचिव चन्द शुक्रबार बिहानै नवलपरासीबाट काठमाडौं आउनुभएको हो भने बास्तोला आजै जेलबाट छुट्नुभएको थियो ।

विप्लवलाई नवलपरासीबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएको थियो । उहाँ नवलपरासीबाट सोझै प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । यस्तै सरकारसँगको वार्तामा विश्वकर्माको नेतृत्वमा वार्ता छोली गठन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार