नेपाल शान्तिपुर्ण यूगमा प्रवेश – प्रधानमन्त्री ओली

काठमाण्डौँ – प्रधामन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपुर्ण यूगमा प्रवेश गरेको बताए ।

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बिच भएको सहमतीमा हस्ताक्षर कार्यक्रममा बोल्दै ओलीले नेपाल कम्युनिस्ट पार्टी शान्तिपुर्ण राजनितिमा आएकोमा स्वागत गर्दै नेपालमा शान्तिपुर्ण यूग प्रवेश गरेको बताए ।

उनले भने, ‘विप्लब जी बधाई छ । तपाईको यो निर्णयले जनताको मन जितेको छ । बर्षौ देखि वार्ता चलिरहेको थियो तर हल्ला गरेका थिएनौ ।’

ओलीले ८–१० बर्ष अघि विप्लबसंग भेटेर घण्टौँ कुरा गरेको स्मरण गर्दै सोही भेटले यो बाटो सहज बनाएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार