नेचासल्यानको बार्षिक प्रगति ८४ प्रतिशत, नेचासल्यान ३ प्रथम

  हिमाल समाचार
378 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले गत आर्थिक वर्षको ८४ प्रतिशत प्रगति सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७७–७८ को समिक्षा गर्दै गाउँपालिकाले ६०.६७ प्रतिशत पुँजिगत र ५८.२ वित्तिय प्रगति सार्वजनिक गरेको छ ।

वडागत प्रगतिमा वडा नं ३ प्रथम भएको छ । जस्ले ९२.६६ प्रतिशत प्रगति गरेको छ । वडा नं १ ले ८६.८८ प्रतिशत प्रगति गर्दै द्धितीय भएको छ । वडा नं २ ले सबैभन्दा कम प्रगति हासिल गरेको छ । उस्ले ४३.३८ ले मात्रै प्रगति हासिल गरेको हो । वडा नं ४ ले ७९.०५ र वडा नम्बर ५ ले ६८.३ प्रतिशत प्रगति हासिल गरेका छन् ।

गात आर्थिक वर्षमा गाउँपालिकाको ४४ करोड ४ लाख ७ हजार १७६ रुपैया आम्दानी भएकोमा ३६ करोड ८८ लाख ५२ लाख ७३४ रुपैया खर्च भएको छ । गाउँपालिकाले गत वर्ष पन्चबर्षिय आवधिक गाउँ विकास योजना स्विकृत गरि उक्त योजनाको मार्ग दर्शन अनुरुप बार्षिक बजेट निर्माणको सुरुवात गरिएको, कोरोना महामारीका बिचमा पनि गाउँपालिका भित्रका विद्यार्थीहरुको शैक्षिक क्षत्रेमा ईन्टरनेट सेवा विस्तार र विद्यार्थीलाई सिम वितरण गरिएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।

तिङला–नेचा बिहिबारे सडक स्तरोन्नती गरि बर्खाको समयमा समेत सञ्चालन गर्न योग्य बनाईएको ग्रामिण विद्युतिकरणको काम अन्तिम चरणमा पुगेको, नेचासल्यान गाउँपालिका भित्र १५ शैयाको अस्पताल भवनका लागि विस्तृत योजना सर्वेक्षण कार्य सम्पन्न भएको प्रगति विवरण उल्लेख गरिएको छ ।

गाउँपालिकाले १५० किलोमिटर सडक ट्रयाक ओपन गरेको, ५० किलोमिटर सडक स्तरोन्नती गरेको, १३ किलोमिटर सोलिङ र आवश्यक ठाउँमा ह्युम पाईपको व्यवस्थापन गरिएको, गाउँपालिकालाई साक्षर घोषणा गरिएको लगायतका कामलाई उल्लेखनिय कामका रुपमा प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार