सोलुमा अटो दुर्घटना, चार घाईते

  हिमाल समाचार
3.4k Shares

सोलुखुम्बु – सोलुखुम्बुको बसन्त बजारमा अटो दुर्घटनामा परेको छ ।

सल्लेरीबाट काँगेल जादै गरेको प्रदेश १–०१–००३ ह १८१९ नम्बरको अटो सोलुदुधकुण्ड नगरपालिका ५ बसन्त बजार स्थित नयाँ बजार नजिकै समता स्कुल भन्दा माथिल्लो सडक दुर्घटनामा परेको हो ।

हाईवे झर्ने भिरालोमा अटो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल झरेको हो । अटोमा चालक सहित ५ जना सवार रहेका थिए । चालक सोलुदुधकुण्ड नगरपालिका ५ का निमा तामाङ सकुशल छन् भने अन्य चार जना घाईते भएका छन् ।

थुलुङ दुधकोशी गाउँपालिका १ का २७ वर्षिय केसव बस्नेतको अवस्था गम्भिर छ भने कागेलकी ६४ वर्षिय फुलमाया राई, ४० वर्षिय कोपिला राई, ५२ वर्षिय पिन्जा राई सामान्य घाईते भएका छन् उनिहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार