कांग्रेस सोलुखुम्बुको सभापति चयनका लागि आज निर्वाचन

  हिमाल समाचार
2.4k Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति चयनका लागि आज निर्वाचन हुदैछ । सभापतिका लागि निर्वतमान पार्टी सभापति विनोद बस्नेत र सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा चुनावी प्रतिस्प्रर्धामा रहनेछन् ।

मतदान विहान १० बजे देखि शुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदानमा सहभागी बन्न क्षेत्रिय प्रतिनिधिहरु सल्लेरीमा भेला भएका छन् । दुवै पक्षले आफ्ना उम्मेदवार जिताउन प्रचारप्रसार र भेटघाटलाई तिब्र बनाएका छन् । पहिलो चरणको निर्वाचनमा दुवै उम्मेदवारको खसेको मतको ५० प्रतिशत मत नआएपछि दोस्रो चरणको निर्वाचन मिति तय गरिएको थियो ।

पहिलो चरणको निर्वाचनमा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत ल्याएका थिए । विनोद टेष्टेट नेता हुन् भने शेर्पा जिल्ला नेतृत्वका लागि अनटेष्टेट छन् । जिल्लाको हकमा बस्नेत कांग्रेस नेता बल बहादुर केसी र शेर्पा पुर्वपार्टी सभापति आङगेलु शेर्पा पक्षधर मानिन्छन् ।

केन्द्रमा शेर्पा संस्थापन पक्ष र केसी संस्थापनइतरको समूहमा छन् ।

यसैबीच, पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार राम बहादुर बस्नेतले आज हुने निर्वाचनमा उम्मेदवार शेर्पालाई समर्थन गरेका छन् । नेतृत्वमा पुस्तान्तरणका लागि पनि उम्मेदवार शेर्पालाई समर्थन गर्ने बताए ।

यो पनि,

कांग्रेस सोलुको पुनःनिर्वाचन : राम बहादुर बस्नेतको समर्थन उम्मेदवार नाम्गेल जाङबुलाई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार