फाप्लु अस्पतालको जनशक्तिको माग पुरा गर्न प्रतिबद्ध छु : सामाजिक विकास राज्य मन्त्री तुम्बाहाम्फे

  अन्तरवार्ता
105 Shares

प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले जिल्ला अस्पताल फाप्लुको अनुगमन गरेकी छिन् । संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको कार्यक्रममा सहभागी हुन सोलुखुम्बु आएकी राज्य मन्त्री तुम्बाहाम्फेले जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुका साथै बर्षौ देखि अलपत्र स्वास्थ्य कार्यालयको भवन पनि निरीक्षण गरेकी छिन् । सोही क्रममा राज्य मन्त्री तुम्बाहाम्फेसंग सहकर्मी दिपेन्द्र पराजुलीले संक्षिप्त कुराकानी गरेका छन् ।

सोलुखुम्बु आउनुको कारण ?
हाम्रो पार्टी संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय शेर्पा प्रान्तिय मञ्च नेपालको प्रान्तिय सम्मेलन सोलुदुधकुण्ड नगरपालिकाको गोराखानीमा सम्पन्न भयो । सोही कार्यक्रममा सहभागी हुन आएको हूँ । सोलु आउने भएपछि के कोशेली लिएर दिउँ भन्ने थियो । टिममा छलफल हुँदा जिल्ला अस्पताललाई कोभिड नियन्त्रणका लागि आवश्यक सामाग्री लिएर जाउँ भन्ने टुंगोमा पुग्यो । पार्टीको काम पनि, सरकारको काम पनि । प्रदेश सरकारले ७ लाख बढिको कोभिड नियन्त्रणका लागि अत्यावश्यक मानिएका सामाग्री दिएको छ । अस्पताल प्रशासनलाई हस्तान्तरण पनि भयो ।

विश्वमा कोरोनाको नयाँ भेरियन्ट फैलदो अवस्थामा छ, त्यसलाई मध्येनजर राखेर प्रदेशले कस्तो रणनिति बनाउछ ?
प्रदेश सरकारले सबैभन्दा बढि बजेट नै कोरोना रोकथाम तथा नियन्त्रणमा लगाएको छ । अपुग भएमा विकासका योजना कटौति गरेर भएपनि स्वास्थ्यमा रकमान्तर गर्छ । यो सरकार जनताको स्वास्थ्य प्रति संवेदनशील छ ।

कुनै विशेष तयारी वा कार्यक्रम माथि छलफल भइसकेको छ की ?
ठ्याक्कै यहि भन्नेमा पुगिसकेका छैनौ । अघिल्लो सरकार हुँदा देखि भइरहेका काम निरन्तर चलिरहेको छ । नयाँ कार्यक्रमको लागि छलफलमै छौ । स्वास्थ्य क्षेत्रका विज्ञहरुको सुझावको आधारमा अघि बढ्छौ ।

फाप्लु अस्पताल अनुगमन गर्नुभयो ? के पाउनु भो ?
खुसी लाग्यो, हिमाली जिल्ला विकट ठाउँमा सुविधासम्पन्न भवनको निर्माण भइरहेको रहेछ । अस्पतालबाट दक्ष जनशक्ति तथा स्वास्थ्य सामाग्रीको माग आएको छ । ती समस्याबारे प्रदेशको ध्यानाकर्षण गराउनेछु र निकासको लागि सक्दो पहल गर्छु ।

आश्वासन मात्रै की तपाईहरु काम पनि गर्नुहुन्छ ?
भर्खर ५ दलीय गठबन्धनको सरकार बनेको छ । सरकारले अघिल्ला सरकारले गरेका अपुर्ण कामलाई पुर्णता दिलाउनेछ । हिमाली जिल्लामा चिकित्सक र दक्ष स्वास्थ्यकर्मीको अभाव पुरा गर्न हामी तत्पर छौ ।

अलपत्र स्वास्थ्य कार्यालयको भवन हेर्नु भो । के होला त ?
बर्षौदेखि भवन निर्माणको काम अलपत्र बनेको विषय प्रदेश सरकारमा लानेछु । र निर्माण सम्पन्नताका लागि आवश्यक कदम अघि बढाइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार