कोभिडको समयमा सहयोग गर्ने ३३ गैह्र सरकारी संस्थालाई सोलुदुधकुण्डद्धारा सम्मान

सोलुखुम्बु बहुमखीलाई कम्प्युटर ईन्जिनियरिङको अनुमति

 

सोलुखुम्बु – कोभिड महामारिको समयमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न ३३ गैह्र सरकारी संस्थालाई सोलुदुधकुण्डले नगरपालिकाले सम्मान गरेको छ ।

बुधबार हिउँदे नगर सभाको अवसरमा ती संस्थाहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको हो । नगरापलिकाका विभिन्न स्थानमा स्वास्थ्य सेवादिने, औषधि वितरण गर्ने र एम्बुलेन्स दिने संस्थाका प्रमुखहरुलाइ सम्मान गरिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनु भयो ।नगरपालिकाले आफुहरुको योगदानलाई कदर गरेर राम्रो संस्कारको थालनी गरेको सामाजिक संस्था द स्मल वल्र्डका अध्यक्षकर्मा शेर्पाले बताउनु भयो ।

यस्तै नगरसभाले दर्जन भन्दा बढी महत्वपूर्ण निर्णय गरेको छ । ५ बर्षे कार्यकालको अन्तिम नगरसभाले हाल सम्मको आयब्यय को अनुमोदन गरेको छ । राष्ट्रिय मान्यता प्राप्त टाक्टोर लामजुरा सडकको लागि सट्टा जग्गा खरिदको कामलाई अनुमोदन गरेको छ ।

प्रदेश सरकारको नव प्रवर्तन परियोजना अन्तर्गत प्रविधी मैत्री नगरको विकास गर्न साझेदारीमा कार्यक्रम संचालन गर्ने, सडक ट्रयाक ओपनको लागि १५ लाख रकमान्तर गर्ने निर्णय नगरसभाले गरेको छ ।

त्यस्तै सोलुखुम्बु बहुमुखी क्याम्पसलाई कक्षा ११ र १२ मा कम्प्युटर ईन्जिनियरिङ विषयमा अध्ययन अध्यापनको अनुमति प्रदान गर्ने निर्णय गरिएको छ । सभाले आधारभुत तथा माध्यामिक शिक्षा ऐन २०७५ को संसोधन समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार