यात्रुसँग बढी भाडा लिने दुई चालक सोलु प्रहरीको कारबाहीमा

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु : यात्रुलाई तोकिएको भन्दा बढी भाडा लिने सवारी चालकलाई सोलुखुम्बुमा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

चाडपर्वको नाममा ९ जना यात्रुलाई तोकिएको भन्दा बढी भाडा असुलेका २ वटा सुमोका चालक कारबाहीमा परेको ट्राफिक प्रहरी पोष्ट पत्तालेका प्रहरी सहायक हवल्दार सुदिन अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाण्डौबाट आएका ना १ ज ५८६४ र ना १ ज ८३४१ नम्बरको सुमोका चालकहरु कारबाहीमा परेका हुन् ।

सवारी चालकलाई नियमअनुसार जरिवाना गराई बढी लिएको भाडा यात्रुलाई नै फिर्ता गराइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार