सगरमाथाको काखमा फुटबल प्रतियोगिता

सोलुखुम्बु - विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ खरिखोलामा पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । फ्यूचर स्टार युथ क्लव खरिखोलाको आयोजनामा बुधबारबाट जिल्ला स्तरिय प्रतियोगिता सुरु भएको क्लवका अध्यक्ष भलाकाजी मगरले जानकारी दिए । उनका अनुसार विजय दशमी, शुभदिपावली र छठ पर...

डुम्रेधारापानी ‘ए’ टिम प्रथम हुँदै ७० हजार नगद जित्यो

खोटाङ । खोटाङको रावाबेसी गाउँपालिका ३ लामिडाडाँको आयोजनामा संचालित गाउँपालिका भित्रका अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा डुम्रेधारापानी ‘ए’ टिम प्रथम भएको छ । उस्ले ७० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र जितेको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ दशैँ तथा शुभ दिपावालीको प...

नवौं राष्ट्रिय खेलकुदका लागि सोलुका १७ खेलाडी छनौट

सोलुखुम्बु - आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बका १७ खेलाडी छनौट भएका छन् । असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुने प्रतियोगितामा सहभागीताका लागि प्रदेश छनौट प्रतियोगीताबाट विभिन्न ९ विधाका १७ खेलाडी छनौट भएका हुन् । जुडोतर्फ स्वर्ण पदकसहित बन्दना राई, प्रितिमाया तामाङ र पेम्बा याङ्जी शेर्पा,...

सोलुमा हाईअल्टिच्युडको खेल मैदान निर्माण गर्छु : अध्यक्ष मगर

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष नरेन्द्र मगरले जिल्लामा हाईअल्टिच्युड खेल मैदान बनाउने बताएका छन् । हिमाल एफ.एम.को कार्यक्रम हाम्रो सरोकारमा कुराकानी गर्दै आफ्नो कार्यकालमा सबैभन्दा अग्लो उचाईमा खेल मैदान बनाएर खेल पर्यटनको विकास गराउने बताएका हुन् । जसका लागि जग्गाको खोजी भईरहेको भन्दै खेलकुदका क्षेत्...

सोलुखुम्बुकै पहिलो स्नुकर प्रतियोगिताको उपाधी छिरिङलाई

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा नै पहिलो पटक संचालन गरिएको स्नुकर प्रतियोगिताको उपाधी सोलुदुधकुण्ड नगरपालिकाका छिरिङ शेर्पाले जितेका छन् । स्टार युथ क्लबले संचालन गरेको प्रतियोगिताको उपाधि जित्दै शेर्पाले नगद ५५ हजार ५ सय ५५ रुपैंयाको साथमा ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका छन् । जिल्लाभरका २९ ...

नवौँ राष्ट्रिय खेलकुद-सोलुखुम्बुबाट १९४ खेलाडी छानिए

सोलुखुम्बु - आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुमा खेलाडी छनौट कार्य सकिएको छ । भदौ ७ गतेबाट सुरु भएको छनौट प्रतियोगिता भदौ १२ गते आईतबार सकिएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ । प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागी बन्ने गरि जिल्लाबाट विभिन्न १२ विधामा १९४ जना खेलाडी छनौट भए...

स्नुकर प्रतियोगीता : सोलुदुधकुण्डका पासाङ र छिरिङ फाइनल प्रवेश

स्टार युथ क्लव सोलुखुम्बुको आयोजनामा सोलुखुम्बुको सल्लेरीमा आयोजित जिल्ला स्तरीय स्नुकर प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिकाका पासाङ शेर्पा र छिरिङ शेर्पा फाइनल प्रवेश गरेका छन् । उनीहरुबीच प्रथम र द्धितीय स्थानका लागि मंगलबार मध्यान्न १२ बजेपछि खेल शुरु हुने क्लबका महासचिव सुन्दर तामाङ (विजय)ले जानकारी दिए । प्रतियोग...

स्नुकर प्रतियोगीता : उत्कृष्ट ८ मा पुगे यी खेलाडी

स्टार यूथ क्लबको आयोेजनामा सोलुखुम्बुको सल्लेरीमा जारी जिल्लास्तरिय स्नुकर प्रतियोगीतामा उत्कृष्ट ८ खेलाडी छनौट भएका छन् । दोस्रो दिनको खेल सकिदा ८ स्थानीय तहबाट छनौट भएका २९ खेलाडीबाट उत्कृष्ट ८ खेलाडी छनौटको खेल सकिएको क्लबका महासचिव सुन्दर तामाङ (विजय)ले जानकारी दिए । खुम्बु पासाङ ल्हामूका पेम्बा छिरिङ शेर्पा र ...

सोलुखुम्बुमै पहिलो पटक स्नुकर प्रतियोगिता सुरु

सोलुखुम्बु - सोलुखुम्बुमा पहिलो पटक स्नुकर प्रतियोगिता सुरु भएको छ । स्टार यूथ क्लबको आयोजनामा सदरमुकाम सल्लेरीमा आज(शनिबार)बाट जिल्लास्तरिय प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको संघिय सांसद हेम कुमार राई(सुरविर)ले उद्घाटन गरेको क्लबका महासचिब सुन्दर तामाङ (विजय)ले जानकारी दिए । जिल्लामै पहिलो पटक भएको प्रतियोगित...

सोलुमा शनिबारबाट पहिलो पटक स्नुकर प्रतियोगिता हुँदै, तयारी पुरा

सोलुखुम्बु - सोलुखुम्बुमा पहिलो पटक हुन लागेको स्नुकर प्रतियोगिताको तयारी पुरा भएको छ । सल्लेरीमा भोली (शनिवार)बाट सुरु हुने जिल्लास्तरिय स्नुकर प्रतियोगिताको आवश्यक सबै तयारी पुरा भएको आयोजक स्टार यूथ क्लबले जनाएको छ । भदौ ११ गतेदेखि १४ गतेसम्म जारी हुने सो प्रतियोगिताबारे शुक्रबार अपरान्न आयोजकले पत्रकार सम्मेलन गरि...